मेघ गर्जनसहित हल्का मध्यम वर्षाको सम्भावना
काठमाडाैं | जेठ १६, २०७९
काठमाण्डौँ: देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
मधेश प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मङ्गलबार प्रदेश नं १,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १,बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

